माअाेवादी अध्यक्ष प्रचण्डले सिंहदरबार कब्जा गरेर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा भएपनि त्यो पूरा गर्न नसकेको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले के कति बाह्य र अान्तरिक कारणबारे बाेलेनन् तर नसकिएकाे स्वीकारे ।

‘सिंहदरबार कब्जा गर्ने इच्छा मभन्दा अरु कसैमा थिएन । अब अरुमा हुँदा पनि हुँदैन ।’ प्रचण्डले दम्भका साथ भने, ‘सिंहदरबार कब्जा गरेर नै दलितलाई राष्ट्रिपति, प्रधनामन्त्री बनाउने इच्छा थियो । तर, १२ बुँदेलगायतका सम्झौता गर्न पर्यो र त्यो सम्भव भएन । ’

प्रचण्डले यस्तो बताइरहेपनि अहिलेको अवस्थामा  विभिन्न महत्वपूर्ण पदमा दलितलाई सहभागिता नगराइएको बारे केही पनि बालेनन् ।

बरू प्रचण्डले  माओवादी आन्दोलनमा दलित समूदायले खेलेको भूमिकाको उच्च प्रशंशा गर्न भ्याए । ‘जनयुद्ध गर्दा सबैभन्दा सहयोग पाएको दलितबाट हो’ उनले भने ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको उदाहरण दिँदै उनले हालै पार्टी परित्याग  गरेका आहुतीप्रति कटाक्ष गर्न भ्याए ।

‘एउटा बुद्धिजीविलाई बल्लबल्ल नेतृत्वमा पुर्याइएको थियो तर त्यो नेतृत्व बहुलाएर गयो’, मन्चमै रहेका आहुतीप्रति कटाक्ष गर्दै उनले भने, ‘ अझैं कति बुद्धिजिवि बहुलाउने हो त्यो हेर्दै जान्छौ ।’

दलित अधिकारका क्षेत्रमा कार्यरत संयुक्त मुल आयोजक समितिले कार्यक्रमको आयोजना गरेको हो  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार