
पुनर्गठित माअाेवादी केन्द्रका संयाेजक गाेपाल किरातीले नेपालमा अब बाँकी क्रान्तिका कार्यभार पूरा गर्न नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवकाे नेतृत्वमा मात्र संभव भएकाेले विप्लवकै नेतृत्वमा बृहत संयुक्त माेर्चा बनाउनु पर्ने बताएका छन् ।
प्रचण्ड र अाेली नामकाे संशाेधनवादीहरूकाे झुन्डले सिंगाे कम्युनिस्ट अान्दाेलनलार्इ फासिवादतिर लैजान खाेजिरहेकाे भन्दै नेता किरातीले अब सच्चा क्रान्तिकारीहरू एक ठाउँमा अाउनु पर्नेमा जाेड दिएका छन् ।
नेकपा निकट साप्ताहिक पत्रिका राताेखबरसँग कुराकानीमा नेता किरातीले अलि लामाे तयारी गरेर अाेली प्रचण्डकाे दक्षिणपन्थी संशाेधनवादलार्इ परास्त गर्नुपर्ने बताएका छन् ।
किरातीले केपी अाेलीलार्इ कम्युनिस्ट खाेल अाेढेकाे प्रतिक्रियावादी मानिस भनेका छन्।
भारतमा जनयुद्धबाट अाएका ज्याेती बसुहरूले कम्युनिस्टकाे नाम लिएर पश्चिम बंगालमा २० २५ वर्ष मुख्यमन्त्री खाएकाे तर पछि त्यहाँ मार्क्सवादीहरूकाे समेत बीउ सकिएकाे भन्दै किरातीले नेपालमा पनि प्रचण्ड र अाेली कम्पनीले त्यही गर्न खाेजेकाे बताएका छन् ।
किरातीसँगकाे कुराकानीकाे अंश :
-विप्लव कमरेडहरूले यो संविधान र संसदीय व्यवस्थाको खारेजीको जो नीति लिनुभएको छ, यो विप्लवजीको नेतृत्वमा संयुक्त मोर्चा बनाऔँ, माओवाद मान्ने क्रान्तिकारीहरू र पहिचान पक्षधरहरूका बीचमा एउटा संयुक्त बनाऔँ । यो काममा पार लगाउने विप्लवजी नै देखिनुहुन्छ । यो मुद्दा–मामिलामा खारेजीको निम्ति यसलाई भनौँ । खड्क ओलीले एउटा भाषणमा वार्तामा आउनुपर्यो भने, वास्तवमा त्यो दमनको तयारी हो । यो फासिवादी षड्यन्त्र भनेर बुझिहाल्ने कुरा भइहाल्यो । ओली–प्रचण्डका सबै कुरा मान्न सकिन्न । चार पाँच वर्ष तयारी गरौँ । संयुक्त मोर्चा निर्माण गरौँ ।
-खडक ओली समग्रतामा सम्पूर्ण रूपले कम्युनिस्टको खोल ओढेका प्रतिक्रियावादी मानिस हुन् । उनी २०२८ सालमा झापा विद्रोहमा क्रान्तिकारी भूमिका खेलेका पनि पछि बिग्रँदै आउने क्रममा प्रतिक्रियावादी मानिस हुन् ।
-भारतको पश्चिम बंगालमा ज्योति बसुले क्रान्तिकारी चारु मजुमदारहरूको रगत पिएर २०-२५ वर्ष जो मुख्यमन्त्री माक्र्सवादको नामबाट चलाएका थिए तर अहिले त्यहाँ माक्र्सवादी भनिनेहरूको बीउसमेत मासिएको छ । ओली–प्रचण्डको अवस्था पनि यो २०-२५ लाग्दैन । यही ५ वर्षमा उहाँहरू ज्योति बसु हुनुहुनृेछ । ओली–प्रचण्डको यो कथित कम्युनिस्ट नामको खोल हो । संसदीय पुँजीवादी राजनीति ४-५ वर्ष ज्योति बसुको तहमा अवसान हुन्छ ।







