
नेपाल कम्युनिष्ट पार्टीकाे रसुवा जनसरकारले जिल्लाका पाँचवटै गाउँपालिकाका जनप्रतिनिधिहरूलाई पत्र पठाएर राजीनामा मागेको गरेकाे छ ।
जनप्रतिनिधिलाई पठाइएको पत्रमा राजिनामा नदिए कार्वाही गरिने चेतावनी दिइएकाे छ ।
‘राजीनामा नदिए वर्ग सङ्घर्षको निशाना बनी निस्कने परिणामको जिम्मेवारी स्वम् हुनुपर्ने कुरासमेत शालिनतापूर्वक जानकारी गराइन्छ ।’ राजिनामा पत्रमा भनिएकाे ।
जिल्ला जनपरिषद् रसुवाका प्रमुख विशाल भुसालद्धारा हस्ताक्षर गरेको पत्रमा पाँचवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलाई पत्र पठाएर राजीनामा दिन भनिएको छ ।
पत्रमा लेखिएको छ, ‘संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकित बन्नुको सट्टा आफ्नो पदीय ओहदाबाट राजीनामा दिई जनपरिषद्लाई वैकल्पिक जनसत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गर्दछौँ ।’
नेकपाकाे पत्रले जिल्लामा जनप्रतिनिधिहरूमा मनाेवैज्ञानिक त्रास बढेकाे बताइएकाे छ ।







