नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी संस्कृतिकर्मीहरुद्वारा सांस्कृतिक प्रतिरोध दिवस भव्य रूपमा मनाइएको छ ।

काभ्रेकाे अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको आयोजनामा आयोजित २० औँ ांस्कृतिक प्रतिरोध दिवस सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य पदम राईले आफू र आफ्नो पार्टी देश र जनताका लागि जस्तोसुकै लडाइँ लड्न पनि तयार रहेको बताए ।

‘च्याङ्बा लामालगायत सहिदको स्मरण र सम्झनाको भावधारामा आयोजना गरिएको कार्यक्रम भएकाले देश र जनताको मुक्तिका लागि क्रान्तिकारी धारा अवलम्बन गर्नुको कुनै विकल्प छैन ।’ नेता रार्इले भने, ‘जबसम्म नेपालमा क्रान्ति सम्पन्न हुन्न, जबसम्म जनताको मुक्ति हु“दैन, तबसम्म हामी निरन्तर क्रान्तिकारी दिशामा अघि बढिरहनेछौँ । हामीलाई गद्दारी अस्वीकार्य छ ।’

सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वी ताम्सालिङ ब्युरोका इन्चार्ज जगतले अब नया“ प्रतिबद्धताका साथ दलालहरूका विरुद्ध लडेर मात्र महान् सहिदहरूको सपना पूरा गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्ला इन्चार्ज शरद रसाइलीले एमालेका नेताको सुराकीका कारण सात–सातजना जनकलाकारहरूको हत्या भएको भए पनि प्रचण्डहरू अहिले त्यही हत्यारा एमालेमा मिसिन जान लागेकाले त्यसको व्यापक भण्डाफोर गर्नुपर्ने बताए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाको अध्यक्षता एवम् कोषाध्यक्ष आरोह नेपालीको सञ्चालन रहेको उक्त कार्यक्रममा केन्द्रीय सांस्कृतिक टोली सामना परिवारले विभिन्न क्रान्तिकारी गीत–नृत्य प्रस्तुत गरेको थियो भने बलराम तिमिल्सिना, विष्णु भण्डरी, वैरागी जेठा, मोहन घिसिङ, मिसन अधिकारी, कौशिला रिसाल, अम्बू बिहानी, सुजिता परियारलगायत स्रष्टाले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार