भारत  विराेधी भनेर चर्चामा अाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अन्तत पहिलो विदेश भ्रमण भारतबाट गर्ने भएका छन् ।

उनले चैत अन्तिम साता भारत भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओली यही चैत अन्तिम साता नयाँ दिल्ली जान लागेका हुन्।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुईपक्षीय कुराकानी भैराखेको छ, चैतको अन्तिम साता भ्रणमको कुरा भैरहेको छ, मिति टुङ्गो लागेको छैन।’

मन्त्री भएको दुई दिनलगत्तै क्लबको साक्षात्कारमा आएका परराष्ट्रमन्त्री ज्ञवालीले पहिलो विदेश भ्रमण भारत नै हुने घोषणा गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त भएपछि ओलीलाई बधाई दिँदै भ्रमणको निम्तो दिएका थिए।

ओली प्रधानमन्त्री चयन हुनुअघि उनकै निमन्त्रणामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल आएकी थिइन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार