
चीनले रातारात सबैकुरामा ठूलो प्रगती गरिरहेको छ । चाहे त्यो अद्भूत भौतिक संरचनाको क्षेत्रमा होस् वा प्राविधिक रुपान्तरणमा होस् वा बिज्ञान र खेलकुदमा किन नहोस् चिनले विश्वलाई नै चक्मा दिएर प्रगती गरिरहेको छ ।
यसैबिच हालै चीनले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको छ, जसले ठूलै हंगामा मच्चाइरहेको छ ।
२०१४ को डिसेम्बरमा निर्माण भएको दाक्सिङ एयरपोर्टको परीक्षण सञ्चालन सन् २०१९ को अक्टोबरमा गरिने सिन्ह्वाले जनाएको छ । तर सञ्चालनमा नआउँदै यो विमानस्थल विश्वभर चर्चित बनिरहेको छ ।
अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार यो विमानस्थल विश्वकै सबैभन्दा ठूलो हुने विश्वास गरिएको छ ।
दाक्सिङ एयरपोर्टको ३ लाख १३ हजार स्क्यायर मिटरमा फैलिएको छ । एयरपोर्टको टर्मिनल भवनमा चारवटा रन वेहरु हुने सिन्ह्वाले उल्लेख गरेको छ ।
यसले एक वर्षमा १० करोड यात्रु र ४० लाख टन कार्गोसहित ६ लाख २० हजार वटा उडान गराउन सक्ने बताइएको छ ।







