माअाेवादी केन्द्रबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टीकाे पछिल्लाे गतिविधि पठाउन प्रहरी हेडक्वाटरलार्इ गाेप्य सर्कुलर पठाएका छन् ।

बादलले केन्द्रदेखि स्थानीयस्तरसम्मको विवरण तीन दिनभित्र पठाउन प्रहरीलाई गृहले गोप्य सर्कुलर पठाएकाे हाे ।

सर्कुलरमा नेकपाले बनाएको सबै सांगठानिक संरचनाबारे जानकारी पठाउन भनिएको छ । जिल्ला जनपरिषद्, जनप्रतिनिधि सभा, जनअदालतको अवस्थाबारे पनि विवरण बुझाउन भनिएको छ ।

प्रहरी सर्कुलरको चार नम्बर बुँदामा युवा संगठनबारे जानकारी मागिएको छ । त्यसैगरी पाँच नम्बरमा सैन्य संरचना र फर्मेशनको अवस्थाबारे जानकारी माग गरिएको छ ।

सात नम्बर बुँदमा सेल्टर र तालिमको लागि प्रयोग गरेका र प्रयोग गर्न सक्ने ठाउँहरुबारे भनिएको छ ।

सर्कुलरको सुरुमा यस्तो भनिएको छ, ‘नेकपा (विप्लव) द्वारा गठित देहयका संगठन र मोर्चाको पछिल्लो अद्यावधिक विस्तृत विवरण तीनदिनभित्र अनिवार्य रुपमा पठाउन हुन अनुरोध छ’ भनिएको छ ।

यस्तो ११ बुँदे सर्कुलरः

नेकपा (विप्लव) द्वारा गठित देहयका संगठन र मोर्चा पछिल्लो अद्यावधिक विस्तृत विवरण ३ दिनभित्र अनिवार्य रुपमा पठाउन हुन अनुरोध छ ।

१. जिल्ला संगठन समिति ।

२. जिल्ला जनपरिषद्, जनप्रनिधि सभा, जनअदालत ।

३. ब्यूरो, कमाण्ड ।

४. तत्कालिन राष्ट्रिय युवा जनस्वंमसेवक हालको रेड युथ फोर्स ।

५. सैन्य संरचना, फर्मेशन ।

६. अन्य भातृ संगठन, पेशागत संगठन तथा मोर्चाहरु ।

७. सेल्टर र तालिमको लागि प्रयोग गरेका र प्रयोग गर्न सक्ने ठाउँहरु ।

८. बढी मात्रामा कार्यक्रम संचलान हुने र हर्कत गर्न सक्ने स्थलहरु ।

९. माथिल्ला तहका व्यक्तिहरु तथा जिल्लामा बढी क्रियाशिल कार्यकर्ताहरु ।

१०. सांगठानिक संरचना, स्थानीय तह, वडासम्म के कस्ता विस्तार भएका छन् ।

११. जिल्लामा सक्रिय कार्यकर्ता र समर्थकहरुको संख्या ।

बादलकाे गाेप्य सर्कुलर –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार