
नेपालकाे अामुल परिवर्तनका लागि भनेर सशस्त्र दश वर्षे जनयुद्धकाे नेतृत्व गरेर जनयुद्धलार्इ अलपत्र पारेकाे अाराेप खेपेका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब मुलुक परिवर्तनका लागि हिंसा र सडकको बाटो लिनुपर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा संघीय समाजवादी फोरमका सचिव अजम्बर काङमाङ राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले अब हिंसा र सडकको बाटो छाडेर संविधानमार्फत नै नागरिकको चाहना पूरा गर्न सकिने बताएका हुन् ।
‘हामी अझै अगाडि बढ्नु छ । हिंसाको बाटो वा सडकमा जाने बाध्यता छैन’ उनले भने ‘संविधान संशोधनबाट त्यस्ता अपुग विषय पूरा गर्न सकिन्छ । एक पटक संविधान संशोधन भइसकेको र फेरि पनि संविधान संशोधन गर्न दलहरुबीच सहमति भइसकेको भन्दै प्रचण्डले भने ‘अब हामी अलग अलग रहनुपर्ने अवस्था छैन ।’
दश वर्षे जनयुद्धका कार्यभार पूर्ण रूपले पूरा भएकाे वा नभएकाे भन्नेबारे प्रचण्डले कुनै कुरा राखेनन् ।
विश्लेषकहरूले प्रचण्डले जनयुद्धलार्इ संसदमा पावर शेयरिङका लागि प्रयाेग गरेकाे विश्लेषण गर्ने गरेका छन् ।







