
पूर्वी नेपालमा प्रहरी अातंक बढाइएकाे छ । नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूमाथि तीव्र धरपकड कार्य अगाडि बढाइएकाे छ ।
यसै क्रममा प्रहरीले चैत ८ गते राती २ बजे संखुवासभा नेपाल कम्युनिस्ट पार्टी सुनसरी सेक्रेटरी पुष्पको घरमा छापा मारेको छ ।
चैनपुर नगरपालिकास्थित उनकोे घरबाट प्रहरीले पुस्तक, डाइरी, कम्युटरका सामान लुटेर लगेको पारिवारिक स्रोतले बताएको छ । प्रहरी निरीक्षक हेमन्तविक्रम राणाको टोलीले उक्त खानतलासी गरेको हो ।
त्यसैगरी सुनसरीमा दुर्गा शंकर, सुरज राईको घरमा पनि प्रहरीले छापा मारेको छ । केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईलगायत नेताहरुको गिरफ्तारी विरुद्ध भएको विरोध प्रदर्शनको क्रममा चैत ६ गते नै सुनसरीबाट सुराज राई, सुरेश राई, लक्ष्माण कार्की, मोहन कार्की र रोशन ढकाललाई पक्राउ गरिएको छ ।
इटहरी उपमहानगर पालिका आँपगाछीबाट उनीहरुलाई गिरफ्तार गरिएको हो । एक नं प्रदेशमा घरघरमा प्रशासनले सम्पर्क टाँसेर नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई तर्साउन खोजेको नेकपाले बताएकाे छ ।







