कुख्यात भ्रष्टचारीका रूपमा चिनिएका लाेकमान कार्कीलार्इ कालाेमाेसाे दलेर चर्चा कमाएका प्रकाश शाही नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी)को महासचिवमा निर्वाचित भएका छन् ।

अखिल क्रान्तिकारीकाे दोस्रो पूर्ण बैठकले पदाधिकारी चयनसँगै शाही महासचिवमा निर्वाचित भएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको फागुन ३० गते दाङमा सम्पन्‍न २१ औं राष्ट्रिय सम्मेलन सम्पन्न‍ भएको थियो ।

सम्मेलनले अध्यक्षमा चिरञ्‍जिवी ढकाललाई निर्वाचत गरेको थियो भने अन्य पदाधिकारीको टुंगो लागेको थिएन ।

शुक्रबार सम्पन्‍न बैठकले पदाधिकारीको टुंगो लगाएको हो । ढकाल र शाहीसहित उपाध्यक्षमा रुद्र भट्टराई,सचिवमा सन्तोषी भट्टराई र कोषाध्यक्षमा नरेन्द्र बिकलाई चयन गरेको छ ।

त्यही कालोमोसोसँगै लोकमानको दादागिरी अन्त्य भएको थियो । गत वर्षको पुस ७ गते भ्रष्टाचार गरेको भन्दै अखिल क्रान्तिकारीले कार्कीमाथि कालोमोसो दलेको थियो ।

शाही र चन्द्र बुढाले सर्वोच्च अदालतभित्र कार्कीमाथि कालोमोसो दलेका थिए । बुढा हाल नेकपाका रुकुम सेक्रेटरी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार