नेपाल कम्युनिस्ट पार्टी पोलिटब्यूरो सदस्य भरत बमले आफ्नो पार्टी महासचिव र स्थायी समिति सदस्यको नाममा वारेन्ट जारी गरेर युद्ध चाहेको दाबी गरेका छन् ।

शनिबार फक्ताङ्लुङ बहससँग कुरा गर्दै बमले क्रान्तिको पूर्णताको विषय, जनतन्त्र र जनजीविकाको कुरा उठाउँदा राज्यले युद्ध थोपरेको आरोप लगाए ।

उनले भने, ‘राज्य बैचारिक, राजनीतिक ढंगले लड्न नसकेर राज्य बन्दुक र कानुनलाई अगाडि ल्याएर आयो ।’ नेपाल अहिले, साम्राज्यवादीको राजनीतिक र अन्तराष्ट्रिय शक्तिकेन्द्रको क्रिडास्थल  भएको औंल्याए ।

अहिले देश क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीचको संघर्षको प्रारम्भिक चरणमा रहेको बताए । नेकपाले बैज्ञानिक समाजवादी व्यवस्थाको लागि जुनसुकै संघर्ष गर्न तयार र सक्षम रहेकोे बताए । क्रान्तिकारी शक्तिहरूको एकता र जनताको सहभागिता अनिवार्य भएका बमले बताए ।

जनजिवीकाको सवाल, वर्गको सवाललाई सम्बोधन गर्न आफ्नो पार्टी सक्षम र तयार रहेको उल्लेख गरे । विप्लव र धर्मेन्द्र बास्तोलाको वारेन्टको विषय सामाजिक दलाल पूँजीवादीहरूले क्रान्ति, पार्टी र सिंगो परिवर्त उपर प्रहार गरेको आरोप लगाए ।

बमले प्रतिक्रान्तिकारीहरूले क्रान्तिको निषेध गर्न चाहन्छन् तर त्यो सम्भव नभएको बताए । राज्यले नै युद्ध थोपरेको इतिहास जगजाहेर रहेको जनाए ।

देशमा क्रान्तिको विकल्प नभएको र जनतालाई बन्दुकले छेक्न नसक्ने ठोकुवा गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार