नयाँ शक्ति नेपालका संयाेजक डा. बाबुराम भट्टरार्इले वैदेशिक राेजगारीमा जान लागेका सयाैं युवाहरूकाे ठेलमठेल गरेकाे तस्बीर राखेर फेसबुकमा लेखेकाे स्टाटसप्रति विदेशमा रहेका युवाहरूले निकै गंभीर प्रकृतिका प्रतिक्रिया दिएका छन् ।

‘वैदेशिक रोजगारीमा जानकोनिम्ति युवाहरूको यो ठेलमठेलको अन्त्य नै समकालीन नेपालमा ‘ समृद्धि’ को वास्तविक परिभाषा र मापदण्ड हो ! सबैलाई चेतना भया !’

बाबुरामकाे त्याे स्टाटसमा ४ सय बढीले कमेन्ट गरेका छन् ।

विदेशमा रहेका एक युवा महेश सेतीमहरले लेखेका छन्, ‘प्रतिप्रश्न डा.सापलाई सोध्न चाहान्छु, यो सबै निम्त्याउने हजुरहरु नै हो, अन्त्य कहिलेसम्म हुन्छ महाशय भनिदिन पर्याे।’

अर्का एक युवाले झनै कठाेर प्रतिक्रिया लेखेका छन् । उनले भनेका छन्, ‘११ वर्षे जनयुद्धले कतै देशको मुहार फेर्छ कि जस्तो लाग्थ्यो तर ग़द्दार नेताहरुको मात्र मुहार फेरियों ! गरिबको समस्या जस्ताको उस्तै !’

डा. भट्टरार्इकाे साे स्टाटसमा ४ सय मध्येमा कसैले पनि सकारात्मक प्रतिक्रिया दिएकाे छैन ।

फेसबुकमा यस्ताे छ बाबुरामकाे स्टाटस –

विदेशमा रहेका सेतीमहरले यस्ताे लेखेका छन् –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार