नेपाल कम्युनिस्ट पार्टी कोशी ब्युरोकाे पूर्व घोषित कार्यक्रम अन्तर्गत कोशी बन्दले पूर्वकाे जनजीवन पूर्णत प्रभावित भएकाे छ ।

बन्दकै दिन आज मोरङको प्रहरी वृत नजिकै पखरी र उर्लाबारी बजारमा बिहानै बम विष्फोट भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

बन्दको कारण झापाबाट देशका विभिन्न ठाउँमा सञ्चालित हुने सगरमाथा यातायात व्यवसाय सङघले बन्दलार्इ स्वतस्फर्त रूपले सर्मथन गरेका छन् ।

त्यसैगरी विराटनगरबाट देशव्यापी सञ्चालित हुने यात्रुबाहक बस सञ्चालन गर्ने बस व्यवसाय सङ्घहरु पूर्वाञ्चल बस व्यवसाय, कोशी बस व्यवसाय, शप्तकोशी बस व्यवसायहरु टिकट नै नकाटेर यातायात बन्द गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईलगायत तीन जिल्लाका इन्चार्जकाे गिरफ्तारका विरूद्ध नेकपाले बाध्य भएर काेशी अंचल बन्द गर्नु परेकाे बताएकाे छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार