नेपाल कम्युनिस्ट पार्टीकाे काेशी व्युराेकाे बन्दका क्रममा अाइतबार बिहान ६ बजे पूर्वबाट पश्चिम जाँदै गरेको बसमा बन्दकर्ताले आगजनी गरेका छन् ।

काकरभिट्टाबाट पश्चिमतर्फ जांदै गरेको लामाे रूटकाे बसलार्इ दमकको चियाबगान बेतानी पुल नजिकै आगजनी गरिएकाे हो ।

बस रोकेर बसको पछाडिको भागबाट आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । बन्दलार्इ अवज्ञा गरेकाे भन्दै बन्दकर्ताले बाध्य भएर अागजनी गरेकाे बताइएकाे छ ।

नेकपाका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्जसहित नेताकार्यकर्ता पक्राउ गरेपनि रिहा नभएपछि आक्रमक बनेको सो पार्टीका कार्यकर्ताले बन्दकाे कार्यक्रम गर्नु परेकाे नेकपा पूर्वी कमाण्डले बताएकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार