झापा अान्दाेलन र जनयुद्धमा बाैद्धिक क्षेत्रबाट थुप्रै नेता कार्यकर्ताहरूलार्इ प्रशिक्षित गरेका बुद्धिजीवि दिल सहानीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलार्इ नेपालका लागि एउटा क्रान्तिकारी, उर्जावान र सहासिक नेताकाे रूपमा विश्लेषण गरेका छन् ।

बुद्धिजीवि सहानीले अात्मविश्वासमा अडेर अगाडि बढेकाे नेताकाे रूपमा विप्लव रहेकाे बताएका छन् ।

एक टेलिभिजनसँगकाे अन्तर्वार्तामा बाेल्दै सहानीले ज्वारभाटाका विरूद्ध एक्लैले कम्मर कसेर अगाडि बढेकाे नेताकाे रूपमा विप्लव रहेकाे बुद्धिजीवि सहानीकाे भनार्इ रहेकाे छ ।

प्रचण्ड अाफैमा गतिशील र क्षमताबान नेता भएपनि उनले लिएकाे बाटाे गलत भएकाे सहानीकाे तर्क छ । बाबुराम ठूलाे बुद्धिजीवि भए पनि बुद्धि नभएकाे बुद्धिजीविकाे रूपमा पतन भएकाे बताए ।

वैद्य अाफैमा इमान्दार र सैद्धान्तिक नेता भएपनि गतिशील र नेतृत्व गर्नमा सफल हुन नसकेकाे बुद्धिजीवि सहानीकाे विश्लेषण रहेकाे छ ।

सहानीले केपी अाेली सहासिक नेता भएपनि अहिले उनी कतैबाट संचालित र भिजन नभएकाे खुलासा समेत गरे   ।

भिडियाे –

https://youtu.be/5-E0p7J-_88?t=138

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार