नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान संघ (क्रान्तिकारी) काे अध्यक्षमा सविता सिंहलाई निर्वाचित गर्दै संघकाे दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

सिरहा जिल्लाको लहानमा शनिबार भएको दोस्रो राष्ट्रिय भेलाले सिंहको अध्यक्ष्यतामा ३५ सदस्यीय कार्यसमति चयन गरेको हो । ‘किसान आन्दोलनलाई नयाँ उचाईमा उठाऔं, दलाल र भूमाफियहरूको सम्पत्ति राष्ट्रिय करण गरौं ।’ भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

भेलालार्इ नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह, सिरहा जिल्ला इन्चार्ज अनुकुल, सेक्रेटरी साहस, सप्तरी जिल्ला इन्चार्ज आकाश, संगठनका उपाध्यक्ष मिनप्रसाद पौडेल, ब्युरो सदस्य तिर्थ, योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य रोहित ढकाल, सहिद परिवारबाट समुद्रादेवी यादवले भेला सफलताकाे शुभकामना दिएका थिए।

उद्घाटन समारोहका प्रमुख अतिथि सन्देश पौडेलले कम्युनिस्ट आन्दोलनमा किसानहरुले खेलेको गौरवमय ईतिहासको स्मरण गराउदै पूर्वी तराईले नेपालकै विशाल किसान आन्दोलनको नेतृत्व गरेको बताएका थिए  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार