
नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले पार्टी नेतृत्व प्रचण्डविरुद्ध जनयुद्धकालमा भन्दा अहिले ठूला चुनौति र घेराबन्दी आएकाे भन्दै त्याे घेराबन्दीलार्इ ताेड्न अाफुहरू तयार रहेकाे बताएका छन् ।
प्रचण्डलार्इ काे, कहाँबाट घेराबन्दी भयाे भन्नेबारे नअाैल्याएका अनन्तले पार्टीभित्रकै एउटा तप्काबाट यस्ताे घेराबन्दी अाएकाे हुनसक्ने अाँकलन गरिएकाे छ ।
रोल्पा काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अनन्तले नेतृत्वको रक्षा र विकासका लागि रोल्पाले विगतमा जस्तै अध्यक्ष प्रचण्डलाई निशर्त काँध थाप्ने बताए ।
पार्टी भित्रबाहिर र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरु पार्टी नेतृत्व विरुद्ध लाग्न सक्ने औंल्याउँदै उनले अबको नयाँ समाजवादी क्रान्तिको यात्रामा पनि रोल्पाले विगतमा जस्तै योगदान र बलिदान गर्न तयार रहेको बताए ।
फेरिएको समयमा रोल्पा र रोल्पाली जनताको समग्र विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।







