सुपरपावर राष्ट्र मानिने अमेरिकाको करिब दुई लाखभन्दा धेरै सैनिकहरु हाल संसारका विभिन्न १८० देशहरुमा विभिन्न कार्वाही र मिसनका लागि तैनाथ छन् । तर तीमध्ये मात्र सात देशहरुमा अमेरिकी सैनिक उपस्थिती सक्रिय अभियानका लागि छ जुन स्पष्टरुपमा देखिन्छ ।

यो खुलासा ट्रम्प सरकारले अमेरिकी कंग्रेसलाई पठाएको गोप्य प्रतिवेदनबाट सार्वजनिक भएको छ ।

न्यूयोर्क टाइम्स अखबारमा छापिएको त्यस प्रतिवेदनले ती सात देशहरुका बारेमा उल्लेख गरेको छ जहाँ अमेरिका सक्रिय अभियानमा आफ्नो कार्वाही प्रत्यक्षरुपमा चलाइरहेको छ ।

अफगानिस्तानमा १३ हजार ३२९ अमेरिकी सैनिकहरु तैनाथ छन् । ११ सेप्टेम्बर २०११ मा वासिङटन र न्यूयोर्कमा तालीवा र अल कायदाले हमला गरेपछि आतंकवादविरुद्धको विशेष अभियान अन्तर्गत अमेरिकी सैनिकहरुलाई त्यहाँ पठाइएको हो । अमेरिकाको अफगानिस्तानको लडाँइ एकदमै लामो रह्यो जुन २०१८ सम्म आइपुग्दा पनि अझै सक्रियरुपमा चलिनै रहेको छ ।

यो लडाँइ अमेरिकाजस्तो शक्ति समन्न राष्ट्रका लागि दिनहुँ जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको छ । अफनिस्तानमा उसलाई अल कायदा, तालीवान, इस्लामिक स्टेट र हक्कानी नेटवर्कबाट एकैसाथ चुनौती मिलिरहेको छ ।

इराकमा सद्दाम हुसैनको समाप्ति पछि पनि अमेरिका इस्लामिक स्टेटसँग लडाँइ गरिरहेको छ । सद्दाम हुसैनको निधन पछि अशान्त बनेको इराकमा इस्लामिक स्टेटको कारणले हिंसा थप भड्किएको छ ।

सिरियामा अमेरिका नेतृत्वको अन्तराष्ट्रिय सैन्य गठबन्धनले २०१७ मा लाखौं सिरियालीहरुलाई सिरियाली चरमपन्थीको कब्जाबाट छुटाएको थियो । त्यसले इराक र सिरियामा चरमपन्थीहरुको ९८ प्रतिशत कब्जालाई तोडेको थियो । सिरियामा हाल अमेरिकाको डेढ हजारभन्दा धेरै सैनिकहरु उपस्थित छन् र उनीहरु त्यहाँ आफ्नो मिसनका लागि काम गरिरहेका छन् । तर त्यहाँ अवस्था अझै सामान्य बन्न सकेको छैन ।

दोस्रो तर्फ उसको प्रतिद्वन्द्वी राष्ट्र रसिया पनि सिरिया युद्धमा उसको प्रतिपक्षी बनेर युद्ध मैदानमा उत्रेको छ ।

अमेरिकी सैनिकको उपस्थिती यमनमा पनि छ । उ त्यहाँ अल कायदाको मोर्चालाई पररास्त गर्न सक्रिय रुपमा लागेको छ । अमेरिकी कंग्रेसलाई ट्रम्प सरकारले पठाएको प्रतिवदेन अनुसार अमेरिका आंशिकरुपमा यमनमा सक्रिय हुथी विद्रोहीहरुको विरुद्धमा साउदी अरबी नेतृत्वलाई सघाइ रहेको छ ।

तर साउदीलाई उसले सैनिक स्तरमा त्र सहयोग गरिरहेको छैन त्यससँगै त्यहाँ गुप्तचर सूचनाहरुको आदान प्रदान पनि भैहरेको छ ।

सोमालियामा करिब तीन सय अमेरिकी सैनिकहरु तैनाथ छन् । ती सैनिकहरु त्यहाँ रहेका अल शबाब चरमपन्थी संगठनको विरुद्धमा कार्वाही गरिरहेका छन् । १९९३ मा अमेरिकी सैनिकहरु मोहम्मद फराह अइदीदलाई पकडने अभियान चलाइरहेका थिए ।

त्यस अभियानका क्रममा सोमालियामा सैनिक कार्वाही चलाउन कठिन रहेको कुरा अमेरकाले अनुभव गरेको थियो । त्यस अभियानमा उसले आफ्नो १८ सैनिकहरु गुमाएको थियो ।

लिबियामा अमेरिकी सैनिकको उपस्थिती एकदमै कम छ । लिबियामा कर्णेल गद्दाफीको शासन अन्त्य भएपछि त्यहाँ अशान्ति उत्पन्न भएको छ र इस्लामिक स्टेटविरुद्ध कार्वाही चलाउन उसको उपस्थिती त्यहाँ स्पष्ट देख्न सकिन्छ ।

नाइजरमा करिब पाँच सय अमेरिकी सैनिकहरु उपस्थित छन् । २०१७ मा चार अमेरिकी सैनिकहरु मारिएपछि त्यहाँ इस्लामिक स्टेट विरुद्ध उसको कार्वाही सक्रिय रुपमा सञ्चालित छ ।  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार