कर्णाली प्रदेशका सरकारी कार्यालयमा मंगलबारदेखि फेसबुक बन्द गरिने भएको छ ।

आइतबार इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरी मंगलबारदेखि बन्द गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।मुख्यमन्त्री शाहीले आइतबार कर्णालीको राजधानी सुर्खेतमा इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरेर जानकारी लिएका छन्  ।

कर्णालीमा नेपाल टेलिकम, वर्ल्डलिंक, सुबिसु, टेक माइन्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन्  ।सरकारी कर्मचारी कार्यालय समयमा काम नगरी फेसबुक चलाइराख्ने गरेको गुनासो आएपछि बन्द गर्न लागिएको जनाइएको छ ।

कर्णाली प्रदेशका सरकारी कार्यालयमा बिहान १० देखि साँझ ४ बजेसम्म फेसबुक बन्द गर्न लागिएको हो । पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालयसहित मन्त्रालयमा फेसबुक बन्द गरिनेछ ।

यसका लागि सोमबार मुख्यमन्त्री कार्यालयले सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई आधिकारिक पत्र पठाउनेछन् ।

फेसबुक बन्द गर्ने मुख्यमन्त्री शाहीको निर्णयसँगै कर्मचारीहरूले अनुदार मुख्यमन्त्रीको संज्ञा दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार