
माअाेवादी केन्द्रबाट प्रचण्डले फिप्टी फिप्टीकाे अाधारमा एकता गर्ने नयाँ अडान लिएपछि एमाले नेताहरू झसङ्ग भएका छन् । उनीहरूले ६०-४० कै अाधारमा हुने अड्डी कसेका छन् ।
पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित कार्यदलले सांगठनिक विषयमा ६०/४० कै आधारमा तय गरेकाे राेडम्यापभन्दा एमाले नयाँबायाँ नगर्ने एमालेका नेताहरूले दृढता व्यक्त गरेका छन् ।
यता माअाेवादी केन्द्रका नेताहरूले भने निर्वाचनलार्इ अाधार बनाएर एकता हाेइन, पार्टी इतिहासलार्इ मापन गरेर गर्नु पर्ने अडान लिएकाे छ ।
एक नेताले भने, ‘समानताको आधार पार्टी एकता हुने हो, निर्वाचनको क्रममा उम्मेदवार बाँडफाँडमा गरेजस्तो पार्टी एकता गर्दा राम्रो सन्देश जाँदैन ।’
६०/४० कै आधारमा पार्टी एकता गर्ने प्रस्ताव एमालेले अगाडि सारे पनि माओवादी केन्द्रले भने बराबरीको संख्यामा पार्टी एकता हुनुपर्ने अडान लिएपछि भारत भ्रमणअघि एकता गरेर ठूलाे पार्टीकाे अध्यक्ष बन्ने अाेलीकाे सपना पूरा नहुने भएकाे छ ।
दुर्इ पार्टीबीच एकता गर्दा केन्द्रीय सदस्यको संख्या कत्रो बनाउने ? जनवर्गीय माेर्चाहरूकाे हैसियत कस्ताे रहनेलगायत कयाैं विषयमा समेत दुई पार्टीबीच सहमति जुट्न नसकेको बताइएको छ ।
तर भारत भ्रमण अघि नै एकता प्रयास गर्ने प्रस्ताव स्वयम् अध्यक्ष ओलीले नै राख्नुलाई अर्थपूर्ण रुपमा लिइएको बताइएकाे छ ।







