
एकताका नाममा माओवादी केन्द्र एमालेमा विलयको प्रक्रियाले तीव्रता लिएसँगै माकेबाट विद्रोह गर्ने तयारीले पनि तीव्रता लिन थालेको बताइएकाे छ ।
विद्रोहको प्रक्रियालाई रोक्न माअाेवादी केन्द्रले विभिन्न माध्यम अँगालेका कारण विद्रोहको प्रक्रियालाई आन्तरिक रूपमै गतिशील बनाएको र एमाले र माकेबीच एकता हुनेबित्तिकै विद्रोहको स्वरूपलाई ठोस रूप दिइने बुझिएकाे छ ।
यसै क्रममा माअाेवादी केन्द्रबाट पूर्वी क्षेत्रमा ठूलाे समुहले विद्राेह गर्न थालेकाे बताइएकाे छ । हाल एक नम्बर प्रदेशकाे रूपमा रहेकाे पूर्वी क्षेत्रमा माकेबाट ठूलाे पंक्ति विद्रोहको तयारीमा लागेकाे हाे ।
हालै झापाको दमकमा भएको एक नम्बर प्रदेशका विद्रोहीहरूको भेलाले जिल्ला संयोजकहरू तोकेको र अहिले धमाधम जिल्लाजिल्लामा विद्रोहीहरूको भेला भइरहेको समेत बुझिएकाे छ ।
एक नम्बर प्रदेशमा माअाेवादी केन्द्रबाट अहिले राम कार्कीलाई इन्चार्ज बनाएर पठाएपछि झन् त्यहाँ ठूलाे असन्तुष्टी बढेकाे बताइएकाे छ ।
त्याे क्षेत्रमा बादल समूह बढी प्रभावकारी भएकाले एक नम्बर प्रदेशमा सावित्री काफ्लार्इ इन्चार्ज नबनाएकोमा उनले असन्तुष्टि पोखेका छन् ।
बादल समूहमा रहेकाे ठूलाे पंक्ति यतिबेला विद्राेहकाे तयारीमा लागेकाे पनि विद्राेही समुहकाे स्राेतले बताएकाे छ ।







