
अमेरिका र चीनबीच व्यापारिक युद्धकाे समाचार अाइरहँदा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले पहिलो विदेश भ्रमण गरेका छन् ।
जापानी समाचार एजेन्सीलार्इ उदृत गर्दै बीबीसीका अनुसार सत्ता सम्हालेदेखि कुनै पनि देशका भ्रमणमा नगएका उन रेल चढेर सोमबार चीनको राजधानी बेइजिङ पुगेका छन् ।
साे न्युजका अनुसार उन रेल चढेर चीन पुगेको समाचारमा बताएको छ । २०११ मा किम जोङ उनका बुबा तथा उत्तर कोरियाका नेता किम जोङ इल पनि रेलमा बेइजिङ भ्रमणमा गएका थिए ।
पछिल्लो समय चीन र अमेरिकाबीच विवाद बढिरहेको बेला किम जोङ चीन पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अमेरिका र उसका सहयोगी देशहरुले रुसमाथि गरेको चौतर्फी घेराबन्दीबीच चीन र उत्तर कोरियाका शिर्ष तहबीच भेटवार्ता हुन लागेको छ । चीन र उत्तर कोरिया रुसका सहयोगी देशहरु हुन् । उनीहरुले पनि अमेरिकी घेराबन्दीको जवाफ दिनेगरी रणनीति बनाउनेबारे छलफल हुन सक्ने बताइएको छ ।
बेइजिङ रेल स्टेशनमा सोमबार निकै सुरक्षा कडा पारिएको थियो । दर्जनौं प्रहरी तैनाथ गरिनुको साथै भित्रबाट रेल स्टेशन बन्द गरिएको समाचार संस्था एएफपीले बताएको छ ।
यसअघि उत्तर कोरियाका विदेश मन्त्री र स्वीडेनका प्रधानमन्त्री स्टीफन लाफवेनसँग भेटवार्ता भएको थियो ।







