नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले शैक्षिक दलाल र माफियाका विरूद्ध संघर्ष केन्द्रीत गर्ने भएकाे छ ।

संगठनले अाज मंगलबार पत्रकार सम्मेलन गरी ९ दिने बुँदे संघर्षकाे कार्यक्रम घाेषणा गरेकाे छ ।

नवनिर्वाचित अध्यक्ष चिरञ्जीवि ढकालले अहिलेसम्मका हरेक राज्यसत्ताले जनताका मौलिक हकको रुपमा रहेको शिक्षालाई केही शैक्षिक दलाल र माफियाको स्वार्थमा परेर निजीकरण गर्दै नागरिकलाई शिक्षा महंगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको भन्दै त्यसको सट्टा वैज्ञानिक शिक्षा प्रणाली देशमा लागू गराउन अखिल क्रान्तिकारीको नेतृत्वमा सम्झौताहीन शैक्षिक आन्दोलन शुरु गर्ने निर्णय भएको जानकारी दिए ।

शिक्षा, स्वास्थ्य नागरिकको मौलिक अधिकारको रुपमा वर्तमान सरकारले आफ्नो संविधान लेखिएपछि व्यवहारमा व्यापार गरेको बताउँदै त्यसविरुद्ध सशक्त आन्दोलन छेड्ने उनले बताए ।

पत्रकार सम्मेलनमा वितरित घोषणा पत्रअनुसार चैत १४ देखि २४ गतेसम्म देशव्यापी रुपमा सरोकारवालासँग छलफल र अन्तक्र्रिया संचालन गर्ने, चैत २५ गते शिक्षा मन्त्रालयदेखि तल्लो तहसम्मका शैक्षिक र सम्बन्धित निकाहरुमा मागपत्र बुझाउने र चैत २७ गतेबाट चरणवद्ध शैक्षिक आन्दोलन कार्यक्रमहरु संचालन गर्ने जनाइएको छ ।

सार्वजनिक कार्यक्रमअनुसार चर्को शुल्क लिने र वर्षेनि भर्ना गराउने विद्यालय निजी विद्यालयलाई बढी निशानमा राखिने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार