किम जोङ उनले प्रयोग गरेको भनिएको रेलले मंगलबार बेइजिङ स्टेसन छोडेको छ

अचानक बेइजिङ पुगेका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आफ्नो रेल चढेर मंगलबार दिउँसो घर फर्केका छन्।

उनी चढेको भनिएको हरियो रङको रेल प्योङयोङ फर्केपछि बेइजिङस्थित दियाउताइ स्टेट गेस्टहाउस र रेलवे स्टेसनवरिपरिको सुरक्षा व्यवस्था सामान्य बनेको छ।

किम जोङ उन बेइजिङ पुगेको अनुमानका बीच साउथ चाइना मर्निङ पोस्टले दुई अलग स्रोतको हवाला दिँदै ती उत्तर कोरियाली व्यक्ति अरु कोही नभएर किम जोङ उन नै भएको बताएको छ।

उत्तर कोरियाली नेताको भ्रमणबारे चिनियाँ विदेश मन्त्रालयले केही बताइसकेको छैन। यसअघि पनि उत्तर कोरियाली नेताहरुले चीन भ्रमण गर्दा देश छोडिसकेपछि मात्रै यसको घोषणा गर्ने अभ्यास थियो।

किमको भ्रमणको एजेण्डा पनि रहस्यमै छ। यद्यपि उनी शक्तिमा आएपछि पहिलो पटक विदेश भ्रमण गरेका हुन्।

अझ दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको शिखर वार्ताअघि उनले बेइजिङ भ्रमण गरेका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार