अध्यक्ष प्रचण्डले हिजाे माात्र पार्टी एकतामा फिप्टी फिप्टीकाे अडान लिइरहँदा माओवादी केन्द्रका वरिष्ठ नेता टोपबहादुर रायमाझीले बुटवल पुगेर चित्त बुझ्दो संगठनात्मक हैसियत नभए पार्टी एकता नहुने बताएका छन् ।

मंगलबार बुटवलमा भएको साक्षात्कारमा रायमाझीले भने, ‘घडी, समय पोला तोकेर पार्टी एकता हुने विषय होइन । पार्टी एकता हुँदा समान हैसियतमा मात्र हुन्छ ।  सम्मानजनक र समान हैसियत नभए एकता हुँदैन ।’

नेता रायमाझीले पार्टी एकतावारे हल्ला हुनु स्वभाविक भएको पनि बताए ।

त्यसपछि पार्टी एकतावारे पनि अनेक टिप्पणी आएका छन् । यो स्वभाविक हो । निकट भविष्यमा पार्टी एकता गराएरै छाँडछाँै । सम्पुर्ण बामपन्थी शक्तिलाई एउटै कम्युनिष्ट पार्टी बनाउछौँ ।’ उनले भने ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार