नेपाल कम्युनिस्ट पार्टीकाे अाफ्नै केन्द्रीय जनअदालतले प्रधानमन्त्री केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डलार्इ जनअदालतकाे केन्द्रीय कार्यालय राेल्पामा हाजिर हुन अादेश गरेकाे छ ।

नेकपाकाे केन्द्रीय जनअदालतका प्रमुख प्रकाशका नाममा गरिएकाे अादेशमा प्रचण्डलार्इ दश वर्षे जनयुद्धलार्इ धाेका दिएकाे, जनमुक्ति सेना विघटन गरिएकाे र हतियार बुझाएकाे भन्दै प्रचण्डलार्इ केन्द्रीय जनअदालतमा हाजिर हुन अादेश गरिएकाे छ ।

माथिल्लाे कर्णाली विद्युत अायाेजना र अरूण तेस्राे सम्झाैताहरू भारतकाे कम्पनीसँग गराउन भूमिका खेलेकाे, कालिकाेटमा स्थानीय चुनावकाे क्रममा स्थानीय धनरूप बटालालार्इ गाेली हान्न निर्देशन दिएकाेलगायत अाराेप लगार्इ प्रचण्डलार्इ नेकपाकाे जनअदालतले यस्ताे अादेश  गर्न गरेकाे हाे ।

त्यसैगरी अाेलीलार्इ नेकपाका नेता र कार्यकर्ताहरूलार्इ अनाहकमा गिरफ्तार गरी दुख दिएकाे भन्दै केन्द्रीय जनअदालतमा हाजिर हुन अादेश दिइएकाे छ ।

उपयुक्त समयमा केन्द्रीय जनअदालतले भनेअनुसार नअाए त्यसकाे परिणाम गंभीर हुने नेकपाकाे जनअदालतले चेतावनी दिएकाे छ ।

अाेलीलार्इ केन्द्रीय जनअदातद्धारा जारी गरिएकाे वारेन्ट पत्र –

 

 

प्रचण्डलार्इ जनअदालतद्धारा जारी गरिएकाे वारेन्ट पूर्जी –

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार