Baburam Bhattarai addressing naya shakti

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी केन्द्रले एमालेसँग गर्न लागेको एकता ‘आत्महत्या’ बराबर हुने टिप्पणी गर्दै नयाँ शक्ति माओवादीमा नजाने बताएका छन् ।

नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले एमालेसँग एकता गर्ने माओवादीको तयारीप्रति टिप्पणी गर्दै यसलाई ‘आत्महत्या’को संज्ञा दिए ।

‘एमाले माओवादीको एकता प्रचण्डको आत्मसमर्पण होइन, आत्महत्या हो’, उनले प्रचण्डले माओवादीमा फर्किन गरेको आग्रहतर्फ संकेत गर्दै भने, ‘आत्महत्या नै गर्नु छ त प्रचण्डजीले आफैं गरे भयो, किन मलाई बोलाइरहनुभएको छ ? मैले बुझ्न सकिरहेको छैन ।’

राजनीतिलाई नयाँ दिशा दिनकै लागि नयाँ शक्तिको जन्म भएको दाबी गर्दै अगाडि थपे, ‘संसार गतिमा छ, विचार र पार्टी पनि गतिमा हुन्छ, त्यसैले क्रान्ति कहिल्यै पूर्ण हुँदैन । अब हामीले एउटा क्रान्ति गर्नुपर्छ, विकास र समृद्धिको ।’

भट्टराईले विगतमा समाजवादी केन्द्रको स्थापना गर्ने उद्देश्यका साथ वामपन्थी गठबन्धनमा सामेल हुने निर्णय गरेको तर एमाले र माओवादी केन्द्र त्यो उद्देश्यबाट विचलित भएकाले गठबन्धन छाडेर बाहिर आउनुपरेको दाबी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार