माअाेवादी केन्द्रका तर्फबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादलकाे अायु अब तीन महिना मात्र रहेकाे प्रचण्डका एक उच्च ठेकेदार शारदा अधिकारीकाे रहेकाे छ ।

ललितपुरस्थित उनै अधिकारीकाे घरमा डेरा लिएर बसेका प्रचण्डकाे किचेन क्याविनेटमा रहेकाे दाबी गर्ने अधिकारीले हालै उच्च ठेकेदारहरूकाे बैठकमा बादलकाे अायु ताेकेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीकाे प्रभाव देशव्यापी बढिरहेकाे र केही दलाल र माफिया ठेकेदारहरू कार्वाहीकाे निशाना परिरहेकाे बेला प्रचण्डका सल्लाहकार जस्तै मानिने अधिकारीले बादललार्इ विप्लव नेतृत्वकाे नेकपालार्इ तह लगाउन अाग्रह गर्ने र नसके उनलार्इ हटाएर वर्षमान पुन या एमालेका कसैलार्इ गृहमन्त्रालय जिम्मा दिनुपर्ने बताएका छन् ।

हालै केही दिन अघि राजधानीबाट निस्कने तरूण साप्ताहिकले अधिकारीकाे भनार्इलार्इ उदृत गर्दै ‘विप्लवलार्इ इन्काउन्टर गर्न गृहमन्त्रीमाथि दबाब’ शीर्षकमा समाचार लेखेकाे छ ।

तरूण साप्ताहिकमा प्रकाशित समाचार अनुसार बादललार्इ अब केही हप्ता या महिना हेरेर काम गर्न सके ठीकै छ नत्र भने उनलार्इ हटाएर वर्षमान या एमालेकाे भागबाट एकलार्इ गृहमन्त्री बनाउनेबाेर प्रचण्डसँग सल्लाह गरेकाे दलाल भनेर चिनिने अधिकारीले भनेकाे कुरा तरूणले समाचार बनाएर प्रकाशित गरेकाे छ ।

प्रचण्डसँगकाे बैठकमा भएका छलफलबारे ती अधिकारीले यसरी गृहमन्त्री बादलबारे यसरी अभिव्यक्ति दिएका छन् –

‘गृहमन्त्री बनाउने बेलामै बादल र वर्षमान पुनलाई छुट्टाछुट्टै बोलाएर अध्यक्ष प्रचण्डले यसबारे छलफल गर्नुभएको थियो, पुनले आफू गृहमन्त्री बन्ने अवसर पाए एक महिनामै सिध्याइदिने बताएका थिए भने बादलले दुई–तीन महिना पर्खनुपर्ने बताएका थिए, सायद दुई तीन महिना पर्खने बादलको सल्लाह नै प्रचण्डले मन पराउनु भएको हुनुपर्छ ।’

तरूणले लेखेकाे छ, ‘आगामी वैशाखलगत्तै गृहमन्त्री बादलले कडा कदम नचाले विप्लव समूहलाई इन्काउन्टरका लागि वर्षमान पुनलाई गृह मन्त्रालयको जिम्मेवारी दिने या गृह मन्त्रालय एमालेको भागमा सुम्पने निश्चित जस्तै रहेको भन्दै उनले अधिकारीले ठोकुवा गरेका छन् ।’

माअाेवादीका उच्चस्तरका नेता बादलकाेे हैसियत नाप्ने या उनलार्इ हटाएर वर्षमानलार्इ गृहमन्त्रीकाे जिम्मा दिन सकिने भनेर बाेल्ने हैसियत बनाएका शारदा अधिकारीबारे अहिले बादल समुहमा खाेजीनीति भइरहेकाे छ ।

यता नेपाल कम्युनिस्ट पार्टीले पनि शारदा अधिकारी नेपालकाे एक नम्बरकाे माफिया र दलाललार्इ कसरी ठीक पार्ने भन्नेबारे खाेजीनीति गरिरहेकाे बुझिएकाे छ ।

अाफ्नाे पार्टीकाे हैसियत थाहाँ नपार्इ एउटा माफिया र दलालसँग जे पायाे त्यही बाेल्ने प्रचण्डकाे हैसियतलार्इ क्रान्तिकारी जनताले देखाइदिने नेकपाका एक उच्च केन्द्रीय नेताले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार