
माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डलार्इ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा अाेलीले बालुवाटारमा बाेलाएर केही दिनअघि बाेलेकाे भनार्इबारे स्पष्टीकरण लिएका छन् ।
मंगलबार बेलुकी बालुवाटारमा बाेलार्इ ओलीले प्रचण्डलार्इ ‘बराबरी हैसियतको कुरा उठाएर पार्टी एकताबाट पछि हट्न खोजेको हो?’ भन्ने प्रश्न गरे ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अगुवा कार्यकर्ताका लागि आयोजना गरिएको प्रशिक्षणमा प्रचण्डले बराबरी हैसियत नहुने हो भने पार्टी एकता हुननसक्ने बताएका थिए।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दुइ पार्टीबीच ६०/४० को भागबण्डा भएको स्मरण गर्दै प्रचण्डले भनका थिए, ‘बाहिर भनिएजस्तो एमालेबाट २ सय र माओवादीबाट ९९ जना लिएर केन्द्रीय कमिटी बनाउने होइन। बराबरीबाहेक पार्टी एकता हुँदैन।’
प्रचण्डको उपरोक्त अभिव्यक्तिले अन्तिम टुङ्गोमा पुग्न लागेको पार्टी एकता प्रक्रियाबारे आशंका उत्पन्न भएपछि ओलीले त्यस विषयमा छलफल गर्न प्रचण्डलाई बाेलाएका थिए ।







