नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता तत्काललाई टरेको मात्र होइन अप्रिल २२ अर्थात् वैशाखमा समेत नहुने पक्काजस्तै भएको छ ।

पार्टीमा बराबरीको केन्द्रीय संरचना बनाउनेदेखि चुनाव चिन्ह के राख्ने भन्ने विषयमा विवाद देखिएपनि भित्री कुरा चाँही प्रचण्डको स्थान के हुन्छ भन्ने कुरामा पार्टी एकताको हलो त्यहीनेर रोकिएको एमालेका नेताहरुको भनाई ।

३०-३१वर्षदेखि मुख्य नेतृत्व गरेर आएका प्रचण्ड एमालेसँग एकता गर्दा मुख्य नेतृत्व के हुने भन्ने सन्त्रास छ । त्यही त्रासले गर्दा प्रचण्डले ५०- ५० को अड्को थापेका छन ।

एमाले नेताहरुका अनुसार पार्टी र सरकारमा पालैपालो अध्यक्ष वा प्रधानमन्त्री बन्ने भद्र सहमति भएपनि त्यो सहमतिलाई जनताले खासै नरुचाएको र एमालेकै नेताहरुले समेत पाँच वर्ष पार्टी र सरकारको नेतृत्व ओलीले गर्ने कुरा गरेपछि प्रचण्ड पार्टी एकताको दौडबाट एकाएक पछि हटेका हुन् ।

एमाले नेताहरुको भनाई छ, प्रचण्ड आफुलाई केन्द्र राखेर एकता गर्ने कि नगर्ने भन्ने अन्योलमा छन् । आफ्नो मुख्य पद सुरक्षित हुने वित्तिकै प्रचण्डले जस्तोसुकै निर्णय गर्न सक्ने एमालेको भनाई छ ।

यसका लागि प्रचण्डले आफ्नो ‘बार्गेनिङ पावर’ बढाउन संगठनमा आधा आधाको प्रसँग निकालेका मात्र हुन् ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा निकै ठूला निर्णयहरु गरेर आउँदा प्रचण्डले आफ्नो पद र शक्ति सुनिश्चित हुने देखेपछि जनसेना विघटन, हतियार बुझाउनेदेखि जनसत्ता विघटन गरेका प्रचण्डलाई अहिले संगठनमा फिप्टी फिप्टीको कुरा गर्नु
हात्तीका देखाउने दाँत मात्र भएको विश्लेषकहरुको राय रहेको छ ।

त्यही भएर प्रचण्डले केही समय एमाले नेताहरुलाई ‘बार्गेनिङ पावर’मा आफु माथि पारेर जान नयाँ अड्को लिएका हुन् । त्यो उनको अड्कोबारे गाँठो फुक्ने वित्तिकै एकता स्वत अगाडि बढ्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार