सडक विस्तारका नाममा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको पहिचानमा क्षति पुर्‍याउनु नहुने भन्दै शान्तिपूर्ण अान्दाेलनमा उत्रिएका स्थानीय सर्वसाधारणमाथि प्रहरीले दमन गरेकाे छ ।

शान्तिपूर्ण विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।काठमाडौं उपत्यकामा सडक विस्तार, फास्टट्रयाक, बाहिरी चक्रपथ निर्माण पीडितहरु प्रदर्शनमा उत्रेका हुन् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रर्दशन नयाँ बानेश्वरसम्म आएको थियो । बानेश्वरमा सडक अवरुद्ध पार्दै प्रदर्शनकारीहरु सडकमै सुतेपछि प्रहरीले हटाउन खोजेपछि तनाव बढ्यो । प्रहरीले वानीको फोहोरा हान्यो ।

तर, प्रदर्शनकारीले ब्यानर प्रयोग गर्दै पानीको होफोहा नै रोकेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा प्रहरीले लाठीचार्ज गर्दै १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलार्इ महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।

प्रहरीले दमनकारी व्यवहार गरेपछि विरोधमा उत्रनु परेको संघर्ष समितिका गणपति श्रेष्ठ बताएका छन् ।

भिडियाे –

https://www.facebook.com/lokesh.biswhowkarma/videos/1911045855596534/

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार