यूराेपमा रहेका किराती र लिम्बु समाजका अभियन्ताहरूले धरान उपमहानगरपालिकाले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरूकाे संरक्षण गर्नुकाे साटाे किरातीहरूकाे एेतिहासिक स्थल विजयपुर दरवारमा डाेजर लगाएर इतिहासलार्इ नामेट पार्न खाेजेकाे भन्दै गंभीर ध्यानाकर्षण भएकाे जनाएका छन् ।

हाल बेल्जियमा रहेका किराती र लिम्बु अभियन्ताहरूले यस्ताे चिन्ता र ध्यानाकर्षण भएकाे जनाएका हुन् ।

संयुक्त किरात समाज, बेल्जियका अध्यक्ष विमल सुव्वा र संघीय लिम्बुवान समाज, बेल्जियका अध्यक्ष विष्णु कुमारी लिम्बुले संयुक्त रूपमा विज्ञेप्ती जारी गरेर उपमहानगरपालिकाले किरातीहरूकाे इतिहास र संस्कृतिलार्इ मास्ने कामकाे घाेर रूपमा अापत्ति प्रकट गरेका छन् ।

सुव्वा र लिम्बुद्धारा जारी संयुक्त विज्ञेप्तीकाे पूरा पाठ यस्ताे छ –

प्रेस वक्तब्य

धरान उपमहानगरपालिकाले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बर्दन र विकास गर्नुको सट्टा किरातीहरुको ऐतिहासिक स्थल विजयपुर दरबार क्षेत्रभित्र विकासको नाममा डोजर चलाउन थालेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । यसरी खानेपानीको ट्यांकी बनाउने नाममा किरातीहरुको पुरातात्विक तथा सांस्कृतिक सम्पदा मास्ने कामको घोर आपत्ति र बिरोध गर्दछौ । अन्य बिकल्प हुँदाहुँदै खानेपानी जस्तो संवेदनशील बिषयलाई किरातीहरुको इतिहास र अस्तित्व भित्र बिषको रुपमा घोलेर द्वन्द निम्त्याउने कार्य नगर्न सम्बन्धित सबै सचेत पक्षहरुसंग अपिल गर्दछौ ।

साथै उपमहानगरपालिकाको यस कार्यको बिरुद्दमा संघर्षरत सबै संघसंस्था र सचेत जनसमुदायहरुको पक्षमा एक्यबद्दता जनाउदै यो प्रेस बक्तब्य प्रकाशित गरेका छौ ।

विमल सुब्बा, अध्यक्ष, संयुक्त किराँत समाज, बेल्जियम

विष्णु कुमारी लिम्बु, अध्यक्ष. संघिय लिम्बुवान समाज, बेल्जियम

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार