
प्रधानमन्त्री केपी ओलीले विदेशी कुटनीतिज्ञलार्इ दिएकाे निर्देशनलार्इ नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले अवज्ञा गरेका छन् ।
केही दिन अगाडि प्रधानमन्त्री ओलीले कुटनीतिक नियोगका प्रमुख र राजदूतहरूलाई जथाभावी भेट्न र सार्वजनिक कार्यक्रमहरूमा नजान निर्देशन दिएका थिए ।
तर, ओलीको निर्देशनलाई अटेर गर्दै पुरी प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले अायाेजना गरेकाे कार्यक्रममा भारतीय राजदूत पुरी पुगेका छन् । यसरी राजदूत पुरीले पनि प्रधानमन्त्री ओलीको निर्देशनलाई उल्लंघन गरेका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री राईले भारतको हिन्दूवादी संगठन राष्ट्रिय स्वयम् सेवक संघको अप्रत्यक्ष नियन्त्रणमा रहेको एक विद्यालयको उद्घाटन विराटनगरमा गरेलगत्तै नेपाल–भारत उद्योग वाणिज्य संघ (पूर्वाञ्चल शाखा) ले नेपालस्थित भारतीय राजदूतावासको विराटनगर क्याम्प अफिससँग संयुक्त आयोजनामा विशेष कार्यक्रम गरेको थियाे ।
विराटनगरमा सम्पन्न स्कुल उद्घाटन समारोहमा मुख्यमन्त्री शेरधन राईसँगै भारतीय राजदूत मञ्जीवसिंह पुरी र राष्ट्रिय स्वयमसेवक संघका सहकार्यबाहक दत्तात्रेय होसबोले उपस्थित थिए ।
स्कुल पशुपति शिक्षा प्रचार समिति (नेपाल) अन्तर्गत सञ्चालित छ । जुन राष्ट्रिय स्वयमसेवक संघसँग आबद्ध छ ।







