
माेहन वैद्य किरणले नेतृत्व गरेकाे क्रान्तिकारी माअाेवादीले भारतीय विस्तारवादद्धारा गरिएकाे सीमा अतिक्रमणका विरूद्ध देशव्यापी विराेध कार्यक्रम संचालन गर्ने भएकाे छ ।
पार्टीकाे माेर्चा देशभक्त गणतान्त्रिक माेर्चाकाे पहलमा अाम युवा, विद्यार्थी र सिंगाे पार्टी संगठनलार्इ भारतकाे अतिक्रमणका विरूद्ध खटाउने भएकाे छ ।
पार्टीको चैत्र १२ र १३ गते सम्पन्न पोलिटव्यूरो बैठकले २०७४ पौषमा सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयअनुसार यस्ताे निर्णय गरिएकाे साे पार्टीले जनाएकाे छ।
साथै पार्टीले संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियानलाई आगामी २०७५ जेठ महिनासम्म थप गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय लिइएको बैठकपछि पार्टी महासचिव मोहन वैद्य‘किरण’को हस्ताक्षरमा बुधबार जारी गरिएको वक्तव्यमा जनाइएको छ ।
त्यसैगरी बैठकले गौहत्याबारे राज्यद्वारा कानूनी कार्यवाहीको प्रकृया अगाडि वढाइएको सन्र्दभमा संविधानमा उल्लेख गरिइएको धर्म निरपेक्षताको मान्यता स्वयम् राज्यद्वारा नै उल्लंघन गरिएको भन्दै त्यस प्रकारका गतिविधिको दृढ विरोध गरिएको छ ।







