
नेपाल प्रहरीसहितकाे ठूलाे सरकारी टाेली नेपाल कम्यूनिस्ट पार्टी का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट पूर्जी टाँस्न पुगेका थिए तर सरकारी टोलीलाई स्थानीयले लखेटि दिएका छन् ।
कालिकोट जिल्कोजा माल्कोट–४ स्थित प्रवक्ता प्रकाण्डको घरमा आजै विहीबार दिउँसो २ बजेतिर भोजपुर जिल्ला अदालतको आदेशपत्र बोकेर ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट प्रहरीको एक टोली पुगेको थियो ।
सरकारी कर्मचारीसहित पुगेको टोलीले घरमा पुगेर प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँस्न खोज्दादेखि नै घरपरिवार र स्थानीयसँग विवाद भएको थियो ।
प्रहरीले जबर्जस्त गरेको भन्दै स्थानीय र घरपरिवारले प्रतिवाद गरेपछि पूर्जी नटाँसिकनै टोली फिर्ता भएको छ । विवाद झण्डै डेढ घण्टा चलेको बताइएको छ ।
परिवार स्रोतले दिएको जानकारी अनुसार टोली भोजपुर जिल्ला अदालतबाट गत पौष महिनामा भएको आदेशबमोजिम पक्राउ पूर्जी टाँस्न प्रहरीको टोली आएको हो । एकीकृत जनक्रान्तिको नीतिअनुरुप प्रतिवाद गरिएको प्रतिवादमा सहभागीहरुले बताएका छन् ।
ओली सरकारले नेकपाका कार्यकर्तादेखि उच्च नेतहरुलाई निगरानीमा राख्ने र गिरफ्तार गर्ने कार्यलाई निरन्तर दिँदै आइरहेको छ । अझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपाका गतिविधि र शक्तिबारे सुरक्षा निकायसँग तीन दिने रिपोर्ट माग गरेको केही दिन नबित्दै
पूर्वमन्त्री समेत रहेका प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँसको प्रयास भएको छ । राज्यकाे याे पछिल्लाे कदमले शान्ति हाेइन द्धन्द्ध चाँहिरहेकाे देखिएकाे छ ।







