
नेपाली कांग्रेसका केद्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान ओली सरकारलाई ’फु’ गरेर ढाल्ने ताकत कांग्रेससँग भएको बताएका छन् ।
नेता कोइरालाले तनहुँमा अायाेजित स्व. गिरिजाप्रसाद कोइरालको ८ औ स्मृती दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो चेतावनी दिएका हुन् ।
‘विगतमा पनि गिरिजा प्रसाद कोइरालाले एमाले नेतृत्वको सरकार फू गरेर ढालिदिएको इतिहास छ । अधियानकवाद लाद्न खोजे वर्तमान सरकार पनि फू गरेर ढालिदिन काँग्रेसलाई समस्या छैन’ नेता कोइरालाले बताए । ‘वर्तमान ओली सरकार अधिनायकवाद खोजिरहेको छ यदि साच्चै अधिनायकवाद लाद्न खोजे काँग्रेस सडकमा आउँछ र फू गरेर सरकार ढालिदिन्छ’ कोइरालाले भने ।
उनले कम्युनिष्टहरुको सरकार अधिनायकवाद तर्फ उन्मुख हुनेहुँदा काँग्रेस सजग हुनुपर्ने पनि बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद लाद्नका लागि सबै अधिकार आफूमा निहित गर्दे गईरहेकोभन्दै उनले सरकारले न्यायलय समेत आफ्नो कब्जामा लिईसकेको र बाँकी सेनामात्र रहेको जिकिर गरे ।
त्यसैगरी यूरोपियन यूनियनले जातीय द्धन्द्ध सिर्जना गरी देशलाई अराजकतातर्फ धकेल्न खोजेको कोइरालाले बताए ।







