
एकीकृत जनजागरण अभियान अन्तरगत नेकपाले दाङकाे थारू समुदायकाे जनघनत्व रहेकाे गाउँहरूमा सांस्कृतिक कार्यक्रममार्फत एकीकृत क्रान्तिकाे सन्देश फैलाइरहेकाे छ ।
नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा चलिरहेको जनजागरण अभियान अन्तरगत जलजला जनसंसस्कृति परिवारले देउखुरीको गढवा गाउपालिका अन्तरगत रामनगर, बघमरुवामा जलजला जनसांस्कृतिक परिवारले विभिन्न प्रस्तुतीहरु देखाएको छ ।
कार्यक्रममा जलजला जनसांस्कृतिक परिवारले ‘सलाम तिमीलाई, शहिद तिम्रा सपना बाँकी छन् पूरा गर्नलाई, ‘एकिकृत जनक्रान्तिको विगुल फुकेर’, ‘आयौं हामी हिमाल पहाड तराई उठेर’, ‘उठ अब अन्तिम युद्ध लड्नु छ’, ‘हिजो ती दिन समझेर रुनु हुँदैन जुनेली दिदी मारुनी’, टप्पा, ठाडे भाका लगायतका क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधिले बढाएका महङ्गो कर र निर्धारण गरेका सबै किसिमका करहरु लागु गरेर जनतालाई सास्ती दिएको सन्देशमूलक नाटक प्रस्तुत गरेको थियो ।
‘जनसत्ताको निर्माण गर्दै अघि बढौं! दलाल सत्तालाई खारेज गरौं!! जनजागरण अभियान सञ्चालन गरौं! क्रान्तिका पाँच आधारलाई सुदृढ गरौं!!’ भन्ने मूल नाराका साथ एकीकृत जनजागरण अभियान संचालन गरिएकाे नेकपाले बताएकाे छ ।
साे अभियानमा बोल्ने वक्ताहरुले स्थानीय स्तरमा देखिएका विकृति विसंगतिको भण्डाफोर गर्नुका साथै अहिलेको निकायले जनतालाई राज्य भएको महसुस नगराएको, बरु जनतालाई महङ्गी र कर मात्र थोपर्न खोजेकाले त्यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक रहेको र त्यसले मात्र जनतालाई न्याय, समानता, सुरक्षा र सेवा दिन सक्ने बताएका थिए ।

सांस्कृतिक कार्यक्रम

सांस्कृतिक कार्यक्रम

सांस्कृतिक कार्यक्रम








