नेपाल कम्युनिस्ट पार्टीकाे अाफ्नै सरकार मानिने जनपरिषदले कंचनपुरममा मेयरलार्इ तत्काल राजिनामा दिन पत्र पठाएकाे छ ।
थारुवान स्वायत्त प्रदेश अन्तर्गत रहेकाे कञ्चनपुर जनपरिषदले स्थानीय मेयर सुरेन्द्र बिष्टलाई राजीनामा माग गर्दै पत्र पठाएको हाे ।
बिहीबार बिहान जिल्ला जनपरिषद प्रमुख वरुणले पत्र पठाउँदै सम्पूर्ण जनजीवीका र जनतन्त्रसँग सम्बन्धित विषयमा जनताको सरकारमा समाहित हुन र सहकार्य गर्न आग्रह गरेका छन् ।
अाफ्नाे सत्तालार्इ अवज्ञा गरे त्यसकाे परिणाम गंभीर निस्कने जिल्ला जनपरिषदले चेतावनी समेत दिएकाे छ ।







