पूर्वमा अाज विहीबार विहानै माात्र नेकपाका कार्यकर्ताहरूले एनसेलमाथि गरेकाे अाक्रमण गरेकाे १२ घण्टा नबित्दै वाग्लुङमा एनसेलकाे टावरमाथि अर्काे अाक्रमण गरेका छन् ।
नेकपाका कार्यकर्ताहरूले बागलुङ जिल्लाकाे काठेखाेला गाउपालिकाकाे घाेडाबाने भन्ने ठाउमा रहेकाे एनसेल टावरमाथि अागजनी गरेका छन्।
अागजनीबाट टावर पूर्ण रूपमा ध्वस्त भएकाे नेकपाले जनाएकाे छ ।
एनसेलले राज्यलार्इ तिर्नुपर्ने रकम नतिरेकाे भन्दै नेकपाले एनसेलमाथि लगातार अाक्रमण गर्दै अाएकाे छ ।







