बुटवल सवांददाता, चैत १६

गए राति रुपन्देही,कपिलवस्तु,पाल्पा,गुल्मी, स्याङ्जा,वागलुङ,नवलपरासी लगाएतका जिल्लामा रहेका एनसेल टावरमा कार्वाहीमा परेका छन ।
कर नतिर्ने,सर्वसाधारण सग विभिन्न बहानामा जनता लुटने एनसेल टावर गए राति कपिलवस्तुमा ध्वस्त पारिएको हो ।
कपिलवस्तुको विजयनगर गाउपालिका जुटपानिमा र बाणँगगा नगरपालिका जिनउमा रहेका २ एनसेल टावरमा पुर्ण रुपमा ध्वस्त भएको बुझिएको छ । यस्तै रुपन्देहीको रुद्रपुरमा रहेको एनसेल टावर समेत अागो लगाएर ध्वस्त पारिएको छ ।
नवलपरासीमा रहेको टावर माथि पनि अागजनि गरि ध्वस्त पारिएको बुझिएको छ । यस्तै स्याङ्जाको विर्घामा,पाल्पाको माथगढि,गुल्मीमा पनि एेनसेल टावर माथि कार्वाही गरिएको छ ।
यस्तै बागलुङको कोठेखोला,सिन्धुलीको कपिलाकोट लगाएत देशभरका विभिन्न एनसेल टावर मध्यराति कार्वाही भएका छन् ।
एनसेलले अझै राज्यलाई ३२ अर्बभन्दा बढी कर तिर्न बाँकी छ ।







