नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय जनप्रतिनिधि सभाकी अध्यक्ष तथा पार्टीकी पि.बि.एम उमा भुजेल (शिलु) ले भ्रष्टहरुलाई जनअदालतमा ल्याएर कार्वाही गर्ने बताएकी छिन् ।

भ्रष्टहरूलार्इ कार्वाही गरेर जनताकाे वास्तविक शासन ल्याउनका लागि अाफुहरूले एकीकृत जनक्रान्तिको कार्यदिशाअनुसार जनपरिषद गठन गरिएको बताउने गरेकी छिन् ।

बिहीबार मगरात स्वायत्त प्रदेश सल्यानको दोस्रो जिल्ला अधिबेशन कार्यक्रममा बेल्दै उनले स्थानीय सत्ता खालि गर्न र देशमा संसदीय लुटतन्त्रको अन्त्य गर्न दलालहरुका विरुद्ध सबै मोर्चा बनाएर उनकै भाषामा दलाल सत्ता ध्वस्त पर्ने बताएकी छन् ।

‘जनताको न्याय पुर्ण आन्दोलनलाई सरकारले बन्दुकको बलमा दबाउन खोजिरहेको छ । तर,त्यो सम्भव हुदैन् ।’ उनले भनिन्, ‘यतिखेर देशमा भ्रष्ट, दलाल र तष्करले लुटतन्त्र छ । त्यसको एकमात्र विकल्प भनेको वैज्ञानिक समाजवाद मात्रै हाे।’

अधिबेशनले जनप्रतिनिधि सभाको अध्यक्षमा सागरलाई निर्वाचित गरेको छ । जसमा ४५ जना सदस्य रहेका छन् । त्यस्तै जनपरिषद प्रमुखमा मोहन चयन भएका छन् । जसमा १५ सदस्य रहेका छन् ।

जिल्ला अधिबेशनले जिल्लाभरि समानन्तर सत्ता निर्माण गर्दै उसकै भाषामा दलाल सत्ता कब्जा गर्ने, अन्याय अत्याचारका विरुद्ध न्याय दिने र समानन्तर सत्ता चलाउने निष्कर्श निकालेको मगरात स्वायत्त प्रदेश सल्यानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार