
अासन्न दिल्ली भ्रमणका लागि प्रधानमन्त्री केपी अाेलीले १५ पृष्ठ लामाे ड्राफ्ट तयार पारेेका छन्, जसले राष्ट्रघातमा थप बृद्धि गरी नेपाललार्इ भारतकाे झन् थप गुलाम बनाउने रहेकाे खुलासा भएकाे छ ।
अंग्रेजी भाषामा तयार पारिएको १५ पृष्ठ लामो ड्राफ्टमा अाेलीका शब्दहरू निकै जनप्रिय लाग्दछन् । तर सारमा त्यसभित्र देशलार्इ घातैघात गर्ने प्रावधानहरू रहेकाे बुझिएकाे छ ।
ओली भारत भ्रमणबाट फर्केलगत्तै दिल्लीमा तयार भएको ड्राफ्टको आधारमा अाफैले बनाएको संविधानलार्इ भारतकाे स्वार्थमा हुनेगरी संविधान संशोधन गरिनेछ । यदि उनीहरूले सोचेअनुसार संविधान संशोधन भयो भनें त्यसमा समावेश गरिएका प्रावधानहरूले राष्ट्रलार्इ निकै ठूलाे राष्ट्रघात हुनेछ ।
यदि संविधान संशाेधन भयाे भने त्यसमा राखिएका प्रावधानले लाखौं गैर–नेपालीले नागरिकता पाउनेछन् । सिमाङ्कन र नामाङ्कनको नाममा नेपालमाथिको भारतीय प्रभाव अझ बढेर जानेछ । आफूलाई खाँटी राष्ट्रवादी भनाइएका ओलीको राष्ट्रवादको मुखुटो सर्वाङ्गाे हुनेछ ।
दिनदिनै उपभोग्य वस्तुको मूल्य बढेको बढैछ । राष्ट्रबैंकले मूल्य घटेको जानकारी गराएता पनि उपभोग्यवस्तुको मूल्य ४ प्रतिशतले वृद्धि भइसकेको छ । यो अझ बढेर जाने निश्चित छ ।
जहाँसम्म केपी ओलीले लोकतन्त्रको कुरा गरेका छन्, उनको सरकारले कैयौँ संघ–संगठनहरूमाथि अघोषित प्रतिबन्ध लगाएको छ । सामान्य सभा, जुलुस गर्न पूर्ण रोक लगाएको छ । गिरफ्तारी र धरपकडलाई तीब्र बनाइएको छ । नेताहरूको नाममा वारेन्ट जारी गर्ने, घर–घरमा छापा मार्ने भइरहेकाे छ ।
अाेली प्रधानमन्त्री नबन्दै भारतीय विदेशमन्त्री सुश्मा स्वराज नेपाल अाएर अाेलीलार्इ भेट्नु, प्रधानमन्त्री बनेपछि सपथ लिनु पूर्व माेदीसँग फाेनवार्ता गर्नु अादिले अाेलीकाे राष्ट्रवाद वाग्मतीकाे खाेलामा पुगेर विलय भएकाे चर्चा चल्न थालेकाे छ ।







