नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडकाको आज अपरान्ह चार बजे निधन भएको छ ।
मृगौला रोगबाट ग्रसित पूर्व गृहमन्त्री समेत रहेका नेता खड्काको निधन उपचारको क्रममा नयाँ दिल्लीको एपोलो अस्पतालमा भएको हो ।
उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।
मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।







