
पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले राजनीतिक व्यवहार गर्नुपर्ने बताएका छन्् ।
राजनीतिक उद्देश्य बोकेर अघि बढेको पार्टीलाई सरकारले राजनीतिक ढंगले नै हेर्नुपर्ने बताएका छन् ।
अनलाइनखबरसँगको अन्तर्वार्तामा नेता शर्माले विप्लवहरुसँग आफुहरुले सहकार्य गरेर जानुपर्ने बताएका छन् ।
उनीसँग कुराकानीकाे सानाे अंश :
हामी विप्लवको कुरा गर्दैथियौं, उनका गतिबिधिलाई अब कसरी डिल गर्नुहुन्छ, राज्यको नजरमा विप्लवको पार्टी के हो ?
राज्यको नजरमा विप्लव के हुन् राज्ययलाई सोध्नुस् । म गृहमन्त्री भएको बेला सोधेको भए जवाफ दिन्थेँ र दिएको पनि थिएँ । मेरो कुरा भन्नुहुन्छ भने विप्लवले राजनीतिक रुपमा एकीकृत जनक्रान्ति भन्नुभएको छ । मैले उहाँलाई तपाईले भनेको कुरा अधूरो छ भनेको छु । हामीसँग मिलेर मात्र त्यो पूरा हुन्छ ।
विप्लवजीसँग राजनीतिक रुपले व्यवहार गर्ने हो, उहाँसँग सहकार्य गर्ने र उहाँलाई पनि एकीकृत गरेर जाने हो । त्यो व्यवहार हुनेछ । उहाँहरुका गतिबिधिको बारेमा सरकारलाई थाहा होला । म राजनीतकि रुपमा त्यो कुरालाई समाधान गर्न चाहान्छु, सरकारले आफ्नो काम गर्छ ।







