नेपाल कम्युनिस्ट पाृटीकाे केन्द्रीय जनअदालतले १ नम्बरका मुख्यन्त्री शेरधन राृर्इकाे घरमा वारेन्ट पूर्जी टाँस गरेकाे छ ।

केन्द्रीय जनअदालत रोल्पाले एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईको नाममा उनको भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवास र नविास नजिकै रहेको शिक्षा ज्योती माध्यमिक विद्यालय पसल भन्ज्याङ र साविक गा.वि.स.को कार्यालय तथा हालको वार्ड कार्यालयमासमेत पुर्जी टाँस गरेको खबर प्राप्त भएको छ ।
प्राप्त समाचारअनुसार शुक्रबार अर्थात चैत १६ गते अपरान्ह ४ ः ३० मा राईको निवासमा उनको बाबु जागिरमान राईको उपस्थितिमा केन्द्रीय जनअदालतबाट जारी गरिएको उक्त पुर्जी टाँसिएको छ ।
केन्द्रीय अदालतको तर्फबाट प्रकाशद्वारा हस्ताक्षर गरिएको चिठीमा भनिएको छ–“जागिरमान राईको छोरा भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हला आमचोक गाउँपालिका वडा नं. ३ बस्ने तपाई शेरधन राईको विरुद्धमा केन्द्रीय जनअदालत रोल्पामा ‘२०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जन–स्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु हेमन्त प्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवाहरुलाई विराटनगरमा गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएको र २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरणराईलगायत थुप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी गैर कानुनी रुपमा धनकुटामा थुनामा राखेको’ भन्ने मुद्दा परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनसुसार हुने कुराको जानकारी समेत गराइन्छ ।”
केही दिन अघि मात्र नेाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय जनअदातले प्रधानमन्त्री केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डलार्इ पनि वारेन्ट पूर्जी जारी गरेकाे थियाे ।







