प्रधानमन्त्री केपी शार्मा ओलीले नेत्रविक्रम चन्द विप्लभलाई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाएका छन् ।

अाेलीले मार्क्सवादमा सुतली बम पड्काउने नभएकाे भन्दे विप्लवले अाजकाे दुनियामा पनि सुतली बम पड्काएर मार्क्सवाद विपरित गरेकाे अाराेप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै ओलीले यस्ताे अाराेप लगाएका हुन् ।

“थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन् । सुतली बम सिद्धान्त हुन्छ । माक्र्सवादमा कहाँ लेखेको छ । नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे । चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस् ।” ओलीले भने ।

विप्लव पार्टीले प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोष व्यक्त गर्दै ओलीले मजाक नगर्न चेतावनी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार