नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले माओवादी केन्द्र र नेकपा एमालेलाई प्रतिकृयावादी गठवन्धनको संज्ञा दिएका छन् ।

शनिवार सिराहामा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै एमाले–माओवादीविचको गठवन्धन बामपन्थी गठवन्धन नभई प्रतिकृयावादी गठवन्धन भएको बताए ।

‘वामपन्थी गठवन्धनहुनका लागि जनताको पक्षमा वकालत गर्नु पर्ने हो, तर यी दुवैपार्टी पक्षगामी संविधानको पक्षधर र प्रतिकृयावादीहरुको संरक्षणगर्न सरकारमा गएको छ,’ नेता गजुरेलले भने, ‘त्यसैले पनि यो दुवै पार्टीको गठवन्धन बामपन्थी नभएर दक्षीणपन्थि गठवन्धन हो, प्रतिकृयावदीहरुको गठवन्धन हो ।’

सोही क्रममा उनले एमाले माओवादीमा पार्टी एकताको हल्ला चलाएपनि खासमा माओवादी एमालेमा विलय हुन लागेको आरोप लगाउनु भयो । नेता गजुरेलले भन्नभयो,‘माओवादी केन्द्रले माओवाद र क्रान्तिकारी लाईन छोडेर एमालेकरण हुने निश्चित भएकोले यसलाई एकता भन्दा विलय भन्न उचित हुन्छ ।’

मन्तव्यकै क्रममा नेता गजुरेलले धर्म्निरपेक्ष मुलुकमा कुनै व्यक्ति गाईको मासु खाएको नाममा थुनामा पर्नु लज्जास्पद भएको बताउनुभयो ।

सिरहाको गोलबजारमा माओवादी केन्द्रका दर्जनौ नेता तथा कार्यकर्ता नेकपा क्रान्तिकारीमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सहित ४ दर्जन भन्दाबबढी नेता कार्यकर्ता नेकपा क्रान्तिकारी माओवादी पार्टीमा प्रवेश गरेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार