नेपाल कम्युनिष्ट पार्टीले रोल्पाले थवाङमा गर्न थालेको जनसत्ता घोषणा कार्यक्रम रोक्न लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

शनिबार बिहानै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थवाङमा परिचालन गरिएको छ।

‘ध्वंसात्मक गतिविधि नगर्न र समानान्तर सरकार घोषणा गर्न नदिने राज्यको नीति अनुसार हामीले हाम्रो तयारी गरेको हौ,’ रोल्पा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमले भने ‘त्यस्तो प्रकारको कार्यक्रम गर्न दिईने छैन।’

नेपाल प्रहरी र दाङदेखि मगाईएका सशस्त्र प्रहरीहरु बिहानै सदरमुकाम हुदै थवाङ पठाईएको हो।

‘प्रयाप्त सुरक्षाकर्मी परिचालन गरिएको छ । जनसत्ता घोषणा कार्यक्रम गर्न दिईने छैन ।’ रोल्पा प्रहरी प्रमुख डिएसपि ज्ञानेन्द्र फुयालले भने ।

विप्लव नेतृत्वको नेकपाको पकड बलियो रहेको मानिने थवाङमा एका बिहानै ठूलो संख्यामा प्रहरी परिचालन भए पछि स्थानीयहरु आतंकित भएका छन्।

तत्कालिन माओवादी युद्धको झल्को दिने गरि बिहान उज्यालो नहुदै प्रहरीको हुल गाउँ पसेपछि स्थानीयहरु त्रसित बनेको स्थानीयले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार