कम्युनिस्टहरू ध्वंश मात्र हाेइन निर्माण गर्न पनि उत्तिकै माहिर हुन्छन् भन्ने उदाहरणलार्इ नेपाल कम्युनिसट पार्टीले विकास निर्माणमा हात हालेर देखाएकाे छ ।

पछिल्लो समय विभिन्न राजनीतिक वक्तव्यबाजी, नेताहरूलाई वारेण्ट जारी र विभिन्न स्थानीय निकायका प्रमुखहरूको राजिनामा माग्दै राजनीतिक माहौल तताइरहेको नेकपाले आफ्नै लगानीमा सडक निर्माण सुरू गरेको छ ।

नेकपाले केन्द्रीय योजनाअनुसार शनिबारबाट कालिकोटको खुलालु–मालकोट सडकखण्ड निर्माण कार्यलाई तीब्रता दिएको जनाएको हो ।

जिल्लाको खुलालुदेखि लैफू सम्मको सडक खण्डमध्ये माल्कोटसम्मको सडक निर्माण सुरू गरिएको जनाइएको छ ।

गत फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर उद्घाटन गरिएको थियो । करिब ६–७ महिनामा सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिइएको जनाइएको छ ।

पहिलो चरणमा लालु लैफु सडकको खुलालु माल्कोट सडकखण्ड अन्तरगत १२ किलोमिटर सडक निर्माण गर्ने नेकपाले जनाएको छ ।

०५२ सालमा सशस्त्र जनयुद्ध सुरु गर्नुभन्दा अघि देखि निर्माणको योजना बनाईएको उक्त सडक २५ वर्षपछि नेकपाले निर्माण गर्न लागेको हो ।

नेकपाले कालिकोटमा शुरु गर्यो १२ किलोमिटर सडक निर्माण कार्य

नेकपाले कालिकोटमा शुरु गर्यो १२ किलोमिटर सडक निर्माण कार्य

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार