प्रहरी हस्तक्षेपका बाबजुद नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज मंगलबार काठमाण्डौमा विराेध प्रर्दशन सम्पन्न गरेको छ ।

ढुंगेलको रिहाइको माग गर्न आयोजित शान्तिपूर्ण र्यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो । शान्तिबाटिकाबाट शुरु भएको र्यालीलाई प्रहरीले हस्तक्षेप गर्दै अगाडि बढ्न नदिएपछि केहीबेर नाराबाजी गरेर कोणसभामा परिणत भएको थियो ।

शान्तिबाटिकमा सयौंको संख्यामा जम्मा भएका नेकपाका नेता कार्यकर्ताहरुलाई र्याली गर्न नदिएपछि गृहमन्त्री रामबहादुर थापा बादलको ठाडो निर्देशनमा कार्यक्रमलाई रोक्न खोजिएको थियाे ।

डिएसपीको नेतृत्वमा रहेको प्रहरीले र्याली नगर्न माथिको आदेश भन्दै शान्तिबाटिकाबाट अगाडि बढ्न खोजेको जुलुशलाई रोकेपछि सोही स्थानमा विरोध कोणसभा आयोजना गरिएको थियो।

कोणसभालाई नेकपा निकट युवा संगठन रेड फोर्स नेपालका अध्यक्ष विवश राई र महिला सगंगठनकी महासचिव धिरेन्द्रा उपाध्यायले संवाेधन गरेका थिए ।

सो क्रममा ढुंगेललाई तत्काल रिहा गर्न माग गर्दै वक्ताहरुले जनयुद्धका क्रममा कासन गर्नेहरुले अहिले आफ्नै कार्यकर्तालाई जेल पठाएर आफु सिंहासनमा बसेर दमन गरेकाे भन्दै जनताले अब याे दमन र गद्धारी धेरै दिन हेरेर नबस्ने चेतावनी दिए ।

उनीहरुले ढुङगेल जेलमा भएपनि उनको विचार सडक र जनतामाझ फैलिएको भन्दै उनीमाथि लागेको आरोपको जवाफ प्रचण्ड र बादलले दिनुपर्ने बताएका थिए ।

जनयुद्धकालीन घटनामा ढुङगेल र उनीजस्ता क्रान्तिकारी योद्धाहरुलाई जेल हालेर गम्भीर गल्ती गरेको भन्दै त्यो घटना अपराध नै हो भने प्रचण्डले लिनुपर्ने र यसबारे प्रष्ट पार्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले आफुहरु सबै ढुङगेल बन्न तयार रहेको भन्दै नाराबाजी गरेका थिए ।

यसअघि माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएपछि  बादलले ढुंगेललाई भेटेरै रिहाईको लागि पहल गर्ने प्रतिवद्धता गरेका थिए । तर, अहिलेसम्म उहामाथि लागेको मुद्दाबारे सरकारले कुनै छलफल गरेको छैन ।

भिडियाे –

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार